जिम्बाब्वेमा १० किसानको जलेर मृत्यु

 ग्लोबल टिभि      बुधबार, अशोज २६, २०७९      0

असोज २६– जिम्बाब्वेको दक्षिणी प्रान्त माटाबेलेल्यान्डको एसिगोदिनीमा मंगलबार आगलागी हुँदा १० किसानको जलेर मृत्यु भएको छ । आगो निभाउन गएका १५ किसानमध्ये १० जनाको घटनास्थलमा जलेर ज्यान गएको थियो ।

यसैबीच, राष्ट्रपति इमर्सन मनानगाग्वाले देशका गरिब किसानको आगलागीमा मृत्यु भएपछि अग्नि व्यवस्थापन रणनीति बनाउन आह्वान गरेका छन् ।

बुधबार शोक सन्देश जारी गर्दै उनले अग्नि व्यवस्थापन रणनीति विकास गर्न अपरिहार्य भएको बताए । गर्मी याममा आगलागीको जोखिम बढ्ने भएकाले जोखिम घटाउन नयाँ राष्ट्रिय रणनीति आवश्यक भएकामा जोड दिए ।

राष्ट्रपति मनानगाग्वाले वातावरण मन्त्रालय र नागरिक संरक्षण विभाग दुवैले आगो नियन्त्रणका लागि तत्काल व्यापक प्रतिकार्य पद्धति विकास गर्नुपर्ने बताए । प्रचण्ड गर्मी तथा वर्षा नहुँदा जिम्बाब्वे आगलागीको ठूलो जोखिममा छ ।

सरकारी अधिकारीहरूले खेतबारीका झारपातमा आगो नझोस्न किसानहरूलाई सुझाव दिएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *