रघुजी विरुद्ध वलीले दर्ता गराइन गाली–बेइज्जती मुद्धा

 ग्लोवल टि.भी.      मङ्लबार, फाल्गुन २५, २०७७      0

राष्ट्रियसभा सांसद कोमल वलीले एमाले नेता रघुजी पन्त विरुद्ध गाली बेइज्जतीको मुद्धा दायर गरेकी छन् । सांसद वलीले मंगलबार काठमाडौं जिल्ला अदालत पुगेर एमाले नेता रघुजी पन्त विरुद्ध गाली बेइजतीको मुद्धा दर्ता गराएकी हुन् ।

नेता पन्तले केही दिनअघि एक सार्वजनिक कार्यक्रममा राष्ट्रिय सभाकी सांसद वलीमाथि असभ्य टिप्पणी गरेका थिए । उक्त टिप्पणीको सर्वत्र आलोचना भएपछि पन्तले सार्वजनिक रुपमा माफि समेत मागिसकेका छन् । उता सांसद वलीले भने नेता पन्तले गरेको टिप्पणीले आफ्नो मात्रै नभइ समस्त महिलाको प्रतिष्ठामा चोट पुगेकाले मुद्धा दायर गर्नुपरेको बताएकी छन् ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *