असोज ३० गते सुनुवाइका लागि पेशी
काठमाडौं– प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार बनेका ९ जनाको उम्मेदवारी खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
अधिवक्ता अनिल आचार्यले गोविन्दराज जोशी, विजयकुमार गच्छदार, विक्रम पाण्डे, प्रभु साह, सरिता गिरी, डीबी तामाङ भन्ने युद्धविक्रम तामाङ, लक्ष्मी महतो र गगन भन्ने रेवतराज पुरीको उम्मेदवारी खारेजीको माग गर्दै रिट दर्ता गरेका हुन् ।
सुनसरी–३ का कांग्रेस उम्मेदवार गच्छदार र तनहुँ–१ का स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशी भ्रष्टाचार मुद्दा खेपिरहेका छन् । त्यस्तै चितवन–३ का राप्रपा उम्मेदवार विक्रम पाण्डेविरुद्ध पनि भ्रष्टचार मुद्दा रहेको छ । रौतहट – ३ का उम्मेदवार प्रभु साह वीरगञ्जका काशी तिवारी हत्यामा जोडिएको छ । त्यस्तै नेता सरिता गिरिले नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानीबारे विवादित अभिव्यक्ति दिएको रिटमा उल्लेख छ ।
सिन्धुपाल्चोक १ (क) बाट उम्मेदवार रहेका डीबी तामाङ भन्ने युद्धविक्रम तामाङ ज्यान मार्ने उद्योगमा प्रहरीको फरार सूचीमा रहेका छन् । महोत्तरी १ कि उम्मेदवार लक्ष्मी महतो सशस्त्र प्रहरी बलका जवान थमन विकको हत्या मुछिएको रिटमा उल्लेख छ । त्यस्तै र झापा ५ (ख) का उम्मेदवार रेवतराज पुरी सरकारी जग्गा खाएको मुद्दा खेपिरहेका रिट निवेदक आचार्यले उल्लेख गर्नुभएको छ । उहाँले प्रतिनिधिसभा निर्वाचन ऐन २०७४ को दफा १२ मा रहेको उम्मेदवारको अयोग्यतासम्बन्धी प्रावधानमा रहेको छिद्रका कारण उम्मेदवारी दर्ता गरे पनि उनीहरू स्वच्छ छविका नभएको रिटमा उल्लेख छ । यो रिटमा असोज ३० गते सुनुवाइका लागि पेशी तोकिएको छ ।
Leave a Reply