रिट लिएर सर्वोच्च पुगे रुपन्देही २ का उम्मेदवार राजु गुरुङ

शुक्रबारका लागि पेसी तोकियो

 ग्लोबल टिभि      बिहिबार, अशोज २७, २०७९      0

असोज २७– निर्वाचन अधिकृतको कार्यालयले आफ्नो उम्मेदवारी खारेज गरिदिएपछि रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार राजु गुरुङले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।

गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका गुरुङले बिहीबार उम्मेदवारी खारेजीको निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।

पाँच दलीय गठबन्धनका तर्फबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका नेता गुरुङको उम्मेदवारी निर्वाचन अधिकृतको कार्यालय, रुपन्देही क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत उदवीर नेपालीले खोरेज गरिदिएका थिए । गुरुङको कम्पनी कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको भन्दै निर्वाचन अधिकृतले उनको उम्मेदवारी खारेज गरिदिएका थिए ।

तर निर्वाचन अधिकृतले कसैको निहित स्वार्थ पूर्ति गर्नका लागि क्षेत्राधिकार विहीन हुँदाहुँदै पनि आफ्नो उम्मेदवारी खारेज गराएको भन्दै खारेजी विरुद्ध गुरुङ सर्वोच्च अदालत पुगेका हुन् । आफूविरुद्ध निर्वाचनको अधिकृतको कार्यालयमा कुनै उजुरी वा दावी बिरोध नपरेको र कर्जा सूचना केन्द्रको कालोसूचीमा आफू नभई आफू सेयर सदस्य रहेको कम्पनी मात्रै परेको भन्दै आफ्नो उम्मेदवारी कायम हुनुपर्ने माग लिएर उनी सर्वोच्च पुगेका हुन् ।

उनको रिटमाथि शुक्रबार सुनुवाइका लागि पेसी तोकिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *