कुमारी घर पुनर्निर्माणमा भारत सरकारको आर्थिक अनुदान

 ग्लोबल टिभि           0

ललितपुरमा रहेको कुमारी छें र कुमारी घर पुनर्निर्माण हुने भएको छ । मंगलबार भारतीय राजदुत विनय मोहन क्वात्राले ललितपुर महानगरपालिका–१६ मा रहेको कुमारी छेँ र कुमारी निवासको शिलान्यास गरेका हुन् ।

०७२ सालको विनाशकारी भुकम्पले क्षतीग्रस्त रहेको ललितपुरस्थित कुमारी छेँ र कुमारी घर भारत सरकारको अनुदानमा पुनर्निर्माण गरिन लागिएको हो । विशेषगरी माटो र काठबाट निर्माण गरिएको कुमारी घर भुकम्प पश्चात क्ष्तिग्रस्त बनेको थियो ।

 

भारत सरकारको आर्थिक अनुदानमा राष्ट्रिय पुनर्निमाण प्राधिकरणले ४ करोड ५५ लाख ९४ हजार ९ सय ८५ रुपैँयाको लागतमा भौतिक संरचनाको पुनर्निमाण र नयाँ कुमारी घर निर्माण गर्न लागिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना इकाइ भवन आयोजना निर्देशक श्याम किशोर सिंहले जानकारी दिए । डेढ वर्षमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको भौतिक संरचना भुकम्प प्रतिरोधी हुने बताइएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *