कांग्रेस मधेस प्रदेश प्रचार–प्रसार प्रमुखमा पुनः नितेश गुप्ता

 ग्लोबल टिभि      शनिबार, अशोज २९, २०७९      0

असोज २९– नेपाली कांग्रेस मधेसले पार्टीका प्रदेश सदस्य नितेश कुमार गुप्तालाई सूचना संचार र प्रचारप्रसार विभाग प्रमुखको पुनः जिम्मेवारी दिएको छ ।

मधेस प्रदेश समिति कांग्रेसले अपाङ्गता भएको व्यक्तिलाई समानुपातिक बन्दसूचीमा समावेश नगराएकोमा असन्तुष्टि गुप्ताले पदबाट राजीनामा दिएका थिए । प्रदेश सभापति कृष्णप्रसाद यादवले गुप्ताको राजीनामा अस्वीकृत गरेपछि उनी पुनः जिम्मेवारीमा फर्किएका हुन् ।

शुक्रबार कांग्रेस मधेस प्रदेशले गुप्ताको जिम्मेवारी यथावत नै रहेको महामन्त्री वृहस्पतिकृष्ण श्रेष्ठले विज्ञप्तिमार्फत जनाएका छन् । उनले प्रतिनिधि सभा र प्रदेश सभाको उमेदवारलाई विजय गराउन संगठनलाई बलियो बनाउन गुप्तालाई निर्देशन समेत दिएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *