ग्लोबल टिभि
0
असोज २९– लुम्बिनी प्रदेशकी निशा चौधरीले २३ वर्ष पुरानो किर्तिमान तोड्दै नयाँ रेकर्ड कायम गरेकी छिन्।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला १ सय मिटर दौडमा नयाँ किर्तिमान कायम गरेकी हुन्। उनले १ सय मिटर दौड अन्तर्गत १ सय मिटर हिटमा नयाँ कीर्तिमान बनाएकी हुन्।
पोखरा रगंशालामा शनिबार बिहान भएको खेलमा उनले १२.१५ सेकेण्डमा दुरी पुरा गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्।
यसअघि १२.१९ मा देवी माया पनेरुले आठौँ दक्षिण एशियाली खेलकुद १९९९ मा किर्तिमान बनाएकी थिईन्। उनले २३ वर्षपछि देवीमायाको कीर्तिमान तोडेकी हुन्।
यो स्पर्धामा १९ जना खेलाडीले स्पर्धा गरेका थिए।
Post Views: 1,007
Leave a Reply