असोज ३० –नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।
सामाजिक सञ्जाल ट्विटरमार्फत् श्रद्धाञ्जली व्यक्त गर्दै ओलीले जोशीको निधनले अत्यन्त दुःखी बनाएको बताएका छन्। साथै उनले जोशीको निधनले बितेको शताब्दीसँग अहिलेको पुस्ताले जीवन्त साक्षात्कार गर्ने अवसर गुमेको उल्लेख गरेका छन्।
अध्यक्ष ओलीले भनेका छन्, ‘शताब्दी पुरुष श्रद्धेय सत्यमोहन जोशीको निधनले अत्यन्त दुःखी छु। उहाँको निधनले बितेको शताब्दीसँग आजको पुस्ताले जीवन्त साक्षात्कार गर्ने अवसर गुमेको छ।’
शताब्दी पुरुष श्रद्धेय सत्यमोहन जोशीको निधनले अत्यन्त दुःखी छु। उहाँको निधनले बितेको शताब्दीसँग आजको पुस्ताले जीवन्त साक्षात्कार गर्ने अवसर गुमेको छ।
अलविदा शताब्दी पुरुष ! हार्दिक श्रद्धासुमन!
परिवारजनमा गहिरो समवेदना । pic.twitter.com/BZHPRjR2h6— K P Sharma Oli (@kpsharmaoli) October 16, 2022
Leave a Reply