असोज ३० – शताब्दी पुरुष सत्यमोहन जोशीको तत्काल दाहसंस्कार नगरिने भएको छ । जोशीकोे ल्याब टस्टको गरिने भएकाले अहिलेनै दाहसंस्कार नगरिने उनको पारिवारिक स्रोतले जनाएको छ ।
जोशीको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा १०३ वर्षको उमेरमा निधन भएको थियो । आइतबार विहान ७ः०९ बजे जोशीको निधन भएको हो।
जोशी विगत लामो समयदेखि प्रोटेस्ट तथा मुटुको समस्याबाट पीडित थिए भने उनलाई पछिल्लो समय डेंगुको पनि संक्रमण रहेको थियो । डेङ्गु संक्रमणपछि उनलाई असोज २३ गते छातीमा निमोनियाको संक्रमण साथै मुटुको चाल सम्बन्धी समस्या देखिएको थियो । यस्तै अक्सिजन कमी भएर वनलाई सघन उपचार कक्षमा सिफ्ट गरि उपचार सेवा दिइँदै आएको थियो ।
उनको उपचारमा प्रा डा मिलेश जंग सिजापतिको संयुक्त टोली खटिँदै आएको थियो । उनलाई पहिलेदेखि पुरानो रोगले ग्रसित पारेको कारणले जतिसुकै औषधि चलाएता पनि शरीरले राम्रो रेस्पोन्स नगरेको अस्पतालले जनाएको छ ।
Leave a Reply