चिनियाँँ राष्ट्रपतिको प्रण: ताईवान फिर्ता ल्याउँछु, अमेरिकाले अब के गर्छ ?

चीनले ताईवान फिर्ता ल्याउला ?

 ग्लोबल टिभि      आइतवार, अशोज ३०, २०७९      0

विकास- चिनियाँ राष्ट्रपति सी जिनपिङले ताइवानलाई बेइजिङको नियन्त्रणमा ल्याउने बताएका छन् । पार्टीको २० औं महाधिवेशनलाई सम्बोधन गर्दै सीले चीनको पुनः एकीकरण गरिछाड्ने प्रतिबद्धता पनि जनाए । सीले बल प्रयोग नगरि शान्तिपूवर्क ढंगले ताइवानलाई बेइजिङको नियन्त्रणमा ल्याईने प्रतिबद्धता जनाएका हुन् ।

चिनियाँ कम्युनिस्ष्ट पार्टी सीपीसीका महासचिव तथा चिनियाँ राष्ट्रपति सी जिनपिङले ताइवानलाई बेइजिङको नियन्त्रणमा ल्याउने बताएका छन् । आइतबार बेइजिङमा सुरू भएको पार्टीको २० औं महाधिवेशनलाई सम्बोधन गर्दै सीले चीनको पुनः एकीकरण गरिछाड्ने प्रतिबद्धता जनाएका हुन् । सीले पृथकतावादी आन्दोलन रोक्न आवश्यक सबै उपायहरू अपनाउँदै बल प्रयोग नगरि शान्तिपूवर्क ढंगले ताइवानलाई बेइजिङको नियन्त्रणमा ल्याईने जिकिर गरेका हुन् ।

सीले ताइवान समस्या समाधान गर्न पार्टी आफ्नो रणनीतिमा अडिग रहनुपर्ने र राष्ट्रलाई एकताबद्ध बनाइराख्न सबै प्रतिबद्ध रहनुपर्ने पनि बताएका छन् । उनले ताइवानका नागरिकसँग आर्थिक र सांस्कृतिक आदान प्रदानलाई कायम राख्दै त्यहाँका नागरिकलाई सम्मानजनक ढंगले व्यवहार गरिने घोषणा पनि गरेका छन् ।

राष्ट्रपति सीले ताइवानको विषयलाई लिएर पश्चिमा मुलुकहरूबाट भइरहेका गतिविधिलाई संकेत गर्दै ‘ताइवान चिनियाँ जनता आफैंले निर्णय गर्ने विषय भएको बताए । सीको त्यो संकेत अमेरिका प्रति थियो । जबकी गएको अगष्ट २ मा मात्रै अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताईवान भ्रमण नगर्न चीनले दिएको चेतावनीको बेवास्ता गर्दै ताईवानको भ्रमण गरेकी थिईन् । आफ्नो चेतावनीको बेवास्ता गर्दै ताईवानको भ्रमण अमेरिकी सभामुखले गरेपछि चीनले त्यसबेला ताइवानको सीमा क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरेको थियो ।

सीले चीन प्रशासित हङकङ र मकाउका लागि ‘एक देश, देश दुई प्रणाली को व्यवस्था उत्कृष्ट साबित भएको बताएका छन् । यही व्यवस्थालाई दीर्घकालीन रूपमा अघि बढाउनुपर्ने आवश्यक्ता समेत औंल्याएका छन् सीले । सीपीसीको २० औं राष्ट्रिय महाधिवेशन राजधानी बेइजिङस्थित ग्रेट हल अफ पिपुलमा आइतबारबाट सुरू भएको हो । एक हप्तासम्म चल्ने महाधिवेशनले विश्वको उदीयमान शक्तिशाली मुलुक चीनको शासन चलाउने कम्युनिस्ट पार्टीको राजनीतिक र सैन्य नेतृत्व चयन गर्नेछ भने आगामी पाँच वर्षमा गरिने योजनाहरू तय गर्नेछ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *