अस्ताए बाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशी

 ग्लोबल टिभि      आइतवार, अशोज ३०, २०७९      0

अभिषेक– वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ । १०३ वर्षको उमेरमा जोशीको आज बिहान निधन भएको हो । उनको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि पुल्चोकस्थित ललितपुर महानगरपालिका भवन प्राङ्गणमा राखिएको थियो । त्यहाँ राजनीतिक दलका नेता, संस्कृतिविद् तथा शुभेच्छुकले श्रद्धाञ्जली अर्पण गरेका थिए । जोशीको सम्मानमा सरकारले एक दिन सार्वजनिक विदा दिने घोषणा समेत गरेको छ ।

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ । १०३ वर्षको उमेरमा जोशीको आइतबार बिहान निधन भएको हो । उनको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि पुल्चोकस्थित ललितपुर महानगरपालिका भवन प्राङ्गणमा राखिएको थियो ।प्रधानमन्त्री शेरबहादुर देउवाले जोशीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै राष्ट्रिय झण्डा ओढाए ।

पुरातत्वविद् जोशीप्रति श्रद्धाञ्जलि अर्पण गर्न निवर्तमान सभामुख अग्निप्रसाद सापकोटा, नेकपामाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री जीवनराम श्रेष्ठ, झलनाथ खनालसहित नेपाली सेनाका प्रधानसेनापती प्रभुराम शर्मा समेत पुगेका थिए ।

एक सय तीन वर्षको उमेरमा ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा आइतबार बिहान जोशीको निधन भएको थियो । जोशीको योगदान सम्पूर्ण नेपालीका लागि चीर स्मरणीय रहेको भन्दै उनको सामाजिक क्रियाशीलता विश्वभरिका मानव समुदायलाई उप्रेरणको श्रोत बनेर रहने माओवादी अध्यक्ष प्रचण्डले बताएका छन् ।

विक्रम सम्बत् १९७७ साल बैशाख ३० गते ललितपुरको बखुम्बहालमा शंकरदास जोशी र नोगलदेवीको कोखबाट जन्मेका जोशीले २०१३ सालमा पहिलोपटक हाम्रो लोक संस्कृति ग्रन्थ लेखेका थिए । जोशीले सुप्रबल गोर्खा दक्षिणबाहु बिख्यात त्रिशक्तिपट्ट, आदिकवि भानुभक्त पुरस्कार समेत पाएका थिए ।

जोशीलाई सरकारले उज्ज्वल कीर्तिमान राष्ट्रदीपले सम्मान गरेको थियो । जोशीले नेपाली राष्ट्रिय मुद्रा र कर्णाली लोकसंस्कृति लेखेकाले तीनपटकसम्म मदन पुरस्कार पाएका थिए । यो पुरस्कार तीनपटक पाउने जोशी एक्ला नागरिक थिए । सन् १९५६, १९६० र १९७१ मा समेत गरेर तिनपटकसम्म मदन पुरस्कार पाउने जोशी उनी एक मात्र स्रष्टा थिए । जोशी नेपालमा केही समयअघिदेखि लागू भएको ई–पासपोर्ट पाउने पहिलो व्यक्ति समेत हुन् । जोशी नेपालबाट पहिलोपटक न्यूजिल्याण्ड जाने नेपाली समेत हुन् । जोशीका नेपाली र नेपाल भाषा गरी ५० भन्दा बढी कृति प्रकाशित छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *