अर्बपति चौधरी चुनावी मैदानमा

 ग्लोबल टिभि           0

असोज ३०– नेपालका अर्बपति विनोध चौधरी चुनावी मैदानमा होमिएका छन् । उनी नवलपरासी पश्चिमको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसबाट चुनावमा होमिएका हुन् ।

अर्बपति उद्योगी विनोद चौधरीसँग जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी प्रतिस्पर्धा गर्दै छन् ।

चौधरी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । त्रिपाठी केही महिनाअघि आफैंले दर्ता गरेको नयाँ दल जनता प्रगतिशील पार्टी (जप्रपा) का उम्मेदवार हुन् । २०७४ सालमा नेकपा एमालेको समर्थनमा सूर्य चुनाव चिन्ह लिएर जितेका त्रिपाठीले अहिले पनि एमालेको साथ पाएका छन् ।

यता गठबन्धनको उम्मेदवार बनेका चौधरी भने घर दैलो अभियानमा लागि परेका छन् । नेपालका अर्बपति  उनी एक बाइकको पछाडी बसेर जनतासँग भोट माग्दै गरेको फोटो सामाजिक सञ्जालमा राख्दै फोटो माथि अघि बढेको पाइला अब नथाक्ने जिकिर समेत गरेका छन् ।
हेर्नुस् उनको पोस्ट

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *