बागी उम्मेदवारी फिर्ता लिन कांग्रेसको आग्रह(भिडियोसहित)

 ग्लोबल टिभि      सोमवार, अशोज ३१, २०७९      0

अमृत– नेपाली कांग्रेसले धेरै सिट जित्ने लक्ष्यका लागि थोरै सिटमा उम्मेदवारी दर्ता गर्नुपरेको स्पष्ट पारेको छ । संविधान र लोकतन्त्रमाथि खतरा देखिएपछि गठबन्धन बनाएको दाबी गर्दै कांग्रेसले गठबन्धनकै कारण थोरै सिटमा उम्मेदवारी दिनुपर्ने अबस्था रहेको समेत बताएको छ । कांग्रेसले गठबन्धनको भावना बुझेर बागी उम्मेदवारी दिएकाहरुले उम्मेदवारी निश्क्रिय बनाउन समेत आग्रह गरेको छ ।

सिट बाँडफाँटपछि उम्मेदवारी दर्ताको काम सकेपछि पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेसले धेरै सिटमा जीत निकाल्नका लागि थोरै सिटमा उम्मेदवारी दिनुपरेको बताएको छ । प्रवक्ता डाक्टर प्रकाशशरण महतले संविधानर लोकतन्त्रको समेत रक्षा गर्न गठबन्धन बनाउनुपरेको र त्यसकै कारण थोरै सिटमा उम्मेदवारी दिनुपर्ने बाध्यता रहेको दाबी गरे ।

कांग्रेसले गठबन्धनका उम्मेदवार रहेका स्थानमा बागी उम्मेदवार दर्ता गरेका कांग्रेस नेता कार्यकर्ताहरुलाई उम्मेदवारी निश्क्रिय पार्न समेत आग्रह गरेको छ । कांग्रेसले सोमबारसम्मको समय दिएर उम्मेदवारी निश्क्रिय बनाए कारबाही नगर्ने समेत बताइसकेको थियो । कांग्रेस प्रवक्ता महतले आगामी चुनाव निश्पक्ष हुने समेत बताएका छन् ।

नेपालको स्वार्थअनुसार कुटनीति सञ्चालन गर्ने स्पष्ट नीति रहेको भन्दै प्रवक्ता महतले गठबन्धन दलहरुका बिचमा न्यूनतम सहमतिका आधारमा नेपालको स्वार्थअनुसार विदेश नीति सञ्चालन गर्ने समेत बताएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *