निर्वाचन आचारसंहिता उल्लङ्घन किन ?(भिडियोसहित)

 ग्लोबल टिभि      सोमवार, अशोज ३१, २०७९      0

कैलाश/संजय– मंसिर ४ गते हुने आम चुनाव नजिकिदै जादा निर्वाचन आचारसंहिता उल्लंघनका घटना बढेका छन । सरकारका मन्त्री, राजनतिक दलका शिर्ष नेताहरुसंगै लागू गराउने दायित्व बोकेका सरकारी निकायहरुले नै निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेका छन । आचारसंहिता कार्यान्वनमा कडाई गर्ने निर्वाचन आयोगको चेतावनी भने, स्पष्टिकरण सोध्नमै सिमित बनेको छ ।

निर्वाचन आयोगले असोज १२ गते देखि लागू गरेको निर्वाचन आचारसंहिता, २०७९ मा तीनै तहको सरकार, मन्त्रीहरू, संवैधानिक निकायदेखि सम्पूर्ण सरकारी निकायसम्म जिम्मेवार बनाएको छ । तर, त्यसविपरीत उल्लंघनमा मन्त्रालय र अन्य सरकारी निकाय नै संलग्न भएको आयोगको तथ्यांकले देखाएको छ । आचारसंहिता उल्लंघनका घटना बढ्न थालेपछि निर्वाचन आयोगले कारबाहीको चेतावनी दिइरहेको छ ।

आयोगले आचारसंहिताको उल्लंघन गर्ने उम्मेदवार तथा दलका नेतालाई कडा कारबाही गर्ने चेतावनी दिदै आएको छ । तर आचारसंहिता उल्लंघनका घटना घट्नुको साटो बढिरहेको देखिएको छ । आयोगले शहरी विकासमन्त्री मेटमणि चौधरी, एमाले नेता महेश बस्नेतदेखि अन्य उम्मेदवारहरुलाई स्पष्टिकरण सोधिरहेको छ । कडा कारबाही गर्ने भनको आयोगले स्पष्टिकरणभन्दा अघि बढ्न नसकेको भन्दै आलोचना भइरहेको छ । तर आयोगले भने अनुसन्धानका काम भइरहेको बताएको छ ।

यसअघि गत बैशाखमा सम्पन्न भएको स्थानीय तहको चुनावमा समेत आयोगले आचारसंहिता कार्यान्वयनमा कडाई गर्ने बताएको थियो । तर आचारसंहिता उल्लंघनका घटना भने रोकिएका थिएनन् । आचारसंहिताको गम्भिर उल्लंघन गर्ने दल र उम्मेदवारलाई चुनावमै सहभागी हुन रोक लगाउने कानूनी व्यवस्था भएपनि आयोगले भने स्पष्टिकरण सोधेर जवाफ मात्रै माग्ने गरेको छ ।

 

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *