सिन्धुपाल्चोक–२: शेरबहादुरलाई हराउलान् त बस्नेतले ?(भिडियोसहित)

 ग्लोबल टिभि      सोमवार, अशोज ३१, २०७९      0

असोज ३०– सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा यसपटक प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेका बीचमा साखको लडाइँ हुने देखिएको छ । सधैं राप्रपासँग प्रतिस्पर्धा भइरहेको उक्त क्षेत्रमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बस्नेत चुनावी मैदानमा आएपछि रोचक प्रतिस्पर्धा हुने देखिएका हो ।

सिन्धुपाल्चोक क्षेत्र २ मा एमालेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले यसपटक नयाँ प्रतिस्पर्धी पाएका छन् । अघिल्लो निर्वाचनमा राप्रपा नेता पशुपति शम्शेरसँग भिडेका तामाङले यसपटक भने कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत प्रत्यासी पाएका छन्। सत्ता गठबन्धनको भागबण्डामा यो क्षेत्र कांग्रेसको भागमा परेपछि बस्नेत क्षेत्र १ छाडेर तामाङसँग प्रतिस्पर्धामा उत्रिएका हुन ्। जिल्लामा राम्रै छवि बनाएका बस्नेत दुईपटक कांग्रेस केन्द्रीय सदस्य र मन्त्रीसमेत बनेका .ब्यक्ति हुन् । सिन्धुपाल्चोक क्षेत्र २ को निर्वाचनको इतिहास पल्टाउने हो भने कांग्रेसबाट अहिलेसम्म कुनै उम्मेदवार निर्वाचित हुन सकेको छैन ।

४९ वडा रहेको यस क्षेत्रमा गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनको मतपरिणम हेर्ने हो भने एमाले कांग्रेसभन्दा २ हजार मतले अघि छ । तर अहिले सत्ता गठबन्धनसहितको स्थानीय मत जोड्ने हो भने बस्नेत अगाडी देखिन्छन् । बाढीपहिरोदेखि कोरोना कालमा पनि यो क्षेत्रमा राहतसहित हरेका जनताको घरदैलोमा पुग्ने गरेका बस्नेत जिल्लाका लागि निकै लोकप्रिय नेता भएकोले चुवान जित्न सहज हुने उक्त क्षेत्रमा लामो समय राजनीतिक गरेका कांग्रेसी नेता कार्यकर्ता बताउँछन् । उममेद्वार बस्नेत पनि आफुले समग्र जिल्लालाई एकै नजगरले विगतमा पनि हेर्दै आएको र बिकास निर्माणका हरेक काममा जोडिएरजनतासाग काम गरेको भन्दै निर्वाचन जित्नेमा कुनै दुविधा नभएको ठोकुवा गर्दछन् ।

अर्कोतर्फ एमाले उम्मेद्वार शेरबहादुरको यो निर्वाचन क्षेत्रमा चौथो प्रतिस्पर्धा हो । यसअघि २०६४, २०७०, २०७४ मा उनले प्रत्यक्षतर्फ टिकट पाएका थिए । उनले २०७० र २०७४ मा जित हात पार्दै सांसद भए । ओली सरकारमा कानुनमन्त्रीसमेत बनिसकेका तामाङले यो क्षेत्रमा अन्य उम्मेदवारको विकल्प नहुँदा टिकट पाएको बताइन्छ । यदपी तामाङले भने यस क्षेत्रका जनतासँग आफु परिचित अनुहार भएको र जनताको हरेका दुःख सुखको समरथीसँगै बिकास निर्माणमा काममा आफुले उल्लेखय काम गरेकाले जनताको रोजाइमा आफु नै परेको दाबी गर्छन् ।

यसो त यो क्षेत्रमा नेपाली कांग्रेस र नेकपा एमाले दुवै पार्टीभित्र टिकट वितरणसँगै अन्तरविरोध देखिएको छ । नेकपा एमालेभित्र भइरहेको अन्तरविरोध बाहिर देखिएको छैन भने नेपाली कांग्रेसभित्र देखिने गरी रहेको छ । त्यस्तै सत्ता गठबन्धनभित्रको अर्को दल एकीकृत समाजवादीको प्रभाव भए पनि कुनै पनि क्षेत्रमा सहभागिता नपाउँदा निरास देखिएको छ । त्यस कारण पनि यो निर्वाचन क्षेत्रको चुनाव निकै रोचक र प्रतिस्पर्धात्मक हुने देखिन्छ ।

 

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *