वयलगाडावाला नेताहरु अझै बदलिएनन्– प्रचण्ड

 ग्लोबल टिभि           0

कात्तिक १– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै गोरुगाडावालाहरु देशलाई अझै प्रतिगमन र अराजकतातिर जाने योजनामा रहेको बताए ।

सत्ता गठबन्धन दलका कार्यकर्ताको संयुक्त भेलालाई ललितपुरमा सम्बोधन गर्दै प्रचण्डले अब हुने चुनाव अरू सामान्य चुनाव जस्तै नहुने जिकिर गरे ।

‘हिजो १२ बुँदे समझदारी पक्षधर एक भएका छौं । हिजो १२ बुँदे समझदारी केपी ओलीले होइन माधवकुमार नेपालले गरेका हुन । नेपाली कांग्रेसबाट गिरिजाप्रसाद कोइराला र माओवादीबाट मैले हस्ताक्षर गरेको हो’ प्रचण्डले भने, ‘गोरुगाडावालहरु कहीँ न कहीँ प्रतिगमनतिरै, अराजकतातिरै देशलाई लैजानेमा छन् । त्यसलाई रोक्न गठबन्धन पक्षधर विजयी हुनै पर्नेछ ।’

तत्कालीन सात राजनीतिक दल र माओवादीबीच १२ बुँदे समझदारी हुने क्रममा निरंकुशता विरुद्ध लड्न हुँदैन भन्ने प्रवृत्ति देखिएको प्रचण्डले स्मरण गरे । एमाले अध्यक्ष ओलीलाई इंगित गर्दै प्रचण्डले नेपालमा गणतन्त्र ल्याउने भनेको वयलगाडामा चढेर अमेरिका जानु जस्तै भनेको उल्लेख गरे । ‘तत्कालीन सात राजनीतिक दल माओवादीबीच १२ बुँदे समझदारी हुँदा एकथरी प्रवृत्ति निरंकुश प्रवृत्तिका विरुद्ध लड्न हुँदैन । त्यसका विरुद्ध आन्दोलन गरेर पार लाग्न सकिँदैन । संविधान सभाबाट गणतन्त्र ल्याउने भनेको वैयलगाडा चढेर अमेरिका जानु एउटै कुरा हो भन्ने नेता र प्रवृत्ति थियो । हामीले बिर्सन हुँदैन’ स्मरण गर्दै प्रचण्डले भने, ‘तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको नेपाली कांग्रेस शेरबहादुर देउवा पार्टी, माधव नेपाल नेतृत्वको एमाले र हामी सबैले गोरुगाढावाल प्रवृत्तिका विरुद्ध सङ्घर्ष गरेर १२ बुँदे समझदारी गरियौं । जनयुद्ध र जनआन्दोलन शान्तिमा रूपान्तरण भयो,’ उनले

देश संघीय लोकतान्त्रिक गणतन्त्र भई संविधान घोषणा हुँदासम्म हिजोका गोरुगाडावाला सिद्धान्त बोकेका नेताहरू नबदलिएको बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *