कुस्तीमा एपीएफलाई ९ स्वर्ण

 ग्लोबल टिभि      मङ्लबार, कार्तिक १, २०७९      0

कात्तिक १– नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत भएको कुस्ती प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले ९ वटा स्वर्ण पदक जितेको छ ।

पूर्वी नवलपरासी (नवलपुर)मा २० स्वर्ण पदकका लागि भएको कुस्ती प्रतियोगितामा एपीएफले पुरुषतर्फ ४ र महिलातर्फ ५ गरी कुल ९ स्वर्ण पदक जितेको हो ।

कुस्तीमा महिला र पुरुष दुवैतर्फ १०–१० स्वर्ण पदकका लागि प्रतिष्पर्धा भएको थियो । पुरुषतर्फको खेलमा एपीएफले चार वटा स्वर्ण पदक जित्दा मधेस प्रदेशले ३ स्वर्ण, विभागीय टिम नेपाली सेना, नेपाल प्रहरी र लुम्बिनी प्रदेशले १–१ स्वर्ण पदक जितेका छन् । विभागीय टिम एपीएफका लागि ५७ केजी तौल समूहमा कुन्दन शाह, ६५ केजी तौल समूहमा सुजित यादव, ७० केजी तौल समूहमा उमेशकुमार ठाकुर र ६९ केजी तौल समूहमा बलिराम यादवले स्वर्ण पदक जिते ।

कुस्तीमा मधेस प्रदेशका लागि ६१ केजी तौल समूहमा अमेरशकुमार यादव, ८६ केजी तौल समूहमा लालबहादुर यादव र १२५ केजी तौल समूहमा राज यादवले स्वर्ण हात जित्दा विभागीय टिम नेपाली सेनाका लागि ७४ केजी तौल समूहमा सुरेश चुनार र ९७ केजी तौल समूहमा नेपाल प्रहरीका सुमिर शाहले स्वर्ण पदक हात पारे । त्यस्तै, लुम्बिनी प्रदेशका लागि ९२ केजी तौल समूहमा रमेश गोतामेले स्वर्ण पदक हात पारे ।

कुस्तीको महिलातर्फका स्वर्ण पदक विभागीय टोली नेपाली सेना र सुदूरपश्चिम प्रदेशले मात्र जितेका छन् । नेपाल आर्मी र सुदूरपश्चिम प्रदेशले समान पाँचरपाँच वटा स्वर्ण पदक जितेका हुन् । विभागीय टिम नेपाली सेनाका लागि ५७ केजी तौल समूहमा लक्ष्मी तामाङ, ६२ केजी तौल समूहमा सुशिला चन्द, ६५ केजी तौल समूहमा निर्मला जागरी, ६८ केजी तौल समूहमा मिरा आउजी र ७६ केजी तौल समूहमा रचना श्रेष्ठले स्वर्ण पदक जिते ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *