ललिपुरमा सत्ता गठबन्धन : तीन वटै उम्मेदवारले जित्लान् त चुनाव ?(भिडियोसहित)

 ग्लोबल टिभि           0

कात्तिक १– प्रतिनिधिसभातर्फ तीन निर्वाचन क्षेत्र रहेको ललितपुरमा सत्ता गठबन्धन तर्फबाट माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका एक–एक जना उम्मेद्वार चुनावी मैदानमा छन् । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्रीसमेत रहनुभएकी पम्फा भुसाल, कांग्रेस नेता उदय समशेर राणा र नेकपा एकीकृत समाजवादीका तर्फबाट कृष्णलाल महर्जन चुनावी मैदानमा उत्रिएका हुन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ललितपुरमा सत्ता गठबन्धनतर्फबाट प्रमुख तीन दलका उम्मेद्वार चुनावी मैदानमा छन् । तीन बटा निर्वाचन क्षेत्र रहेको ललितपुरमा गठबन्धनका तर्फबाट क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उदय समशेर राणा, क्षेत्र नम्बर दुईमा नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जन र क्षेत्र नम्बर तीनमा माओवादी केन्द्रकी पम्फा भुसाल उम्मेद्वार छन् । गठबन्धनसहित चुनावी मैदानमा रहेका यी तीन बटै नेताहरु यतिवेला आफ्ना भावी योजनासहित जनतामाझ पुगेका छन् । जसमध्ये ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्रीसमेत रहेकी उम्मेदवार पम्फा भुसालले कला, सम्पदा र संस्कृतिहरुको प्रवद्र्धन गर्न आफू उम्मेदवार बनेको बताएकी छन् । ललितपुरमा कृषि पर्यटनको अवधारणा लागु हुनुपर्ने भन्दै त्यसका लागि आवश्यक नीतिगत व्यवस्था गर्ने भुसालको प्रतिवद्धता छ ।

त्यस्तै गरी नेपाली काँग्रेसका उम्मेद्वार उदय समशेर राणाले देशको आर्थिक अवस्थामा परिवर्तन ल्याउनको निम्ति वाम–लोकतान्त्रिक गठबन्धनले दुई तिहाई मत ल्याउनुपर्ने बताएका छन् ।

यता ललितपुर क्षेत्र नं. २ का गठबन्धन उम्मेदवार कृष्णलाल महर्जनले प्रतिगमनकारीहरुलाई परास्त गर्नका लागि आफैँलाई उम्मेदवार ठानेर निर्वाचनको काममा लाग्न नेता, कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । विगतमा सांसद हुँदा मतदाताहरुले शिर झुकाउनुपर्ने गरी काम नगरेको भन्दै आगामी दिनमा पनि मतदाताको शिर झुकाउन नदिने प्रतिवद्धता जनाएका छन् ।

सत्ता गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका यी तीन नेताहरुलाई नेकपा एमालेका उम्मेद्वारहरुले टक्कर दिदैछन् । भुसाल र महर्जन २०७४ सालको निर्वाचनमा बिजयी भएका नेता हुन भने राणा एमालेका नवराज सिलवालसँग पराजित उममेद्वार हुन् ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *