ग्लोबल टिभि
0
हिन्दूहरुको महान पर्व महाशिवरात्रीका लागि पशुपतिमा सबै तयारी पूरा भएको छ । पशुपति क्षेत्र विकास कोषले आज पत्रकार सम्मेलन गरी भोलीको तयारीबारे जानकारी गराएको हो । अहिले कोरोना संक्रमण कायमै रहेकोले स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर सोही अनुरुपको व्यवस्था गरिएको कोषले जनाएको छ ।
स्वदेश र विदेशबाट अघिल्ला वर्षहरुको तुलनामा कम साधु सन्तहरु आएका र भक्तजनहरुको उपस्थिति पनि अघिल्ला वर्षको तुलनामा खासै नबढ्ने बताइएको छ । सुरक्षा व्यवस्था चुस्त बनाइएको र भक्तजनहरुको लाइन, जुत्ता–चप्पल राख्ने ठाउँ, तत्कालै आइपर्ने स्वास्थ्य समस्या समाधानमा अस्थायी स्वास्थ केन्द्र लगायतकाको तयारी पुरा भएको कोषले बताएको छ ।
Post Views: 1,437
Leave a Reply