बाटोमा लत्रिएको विद्युत तारबाट करेन्ट लाग्दा बालिकाको मृत्यु

 ग्लोबल टिभि           0

कात्तिक २– दैलेखको गुराँस गाउँपालिकामा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नम्बर ४ की १३ वर्षीया दीपिका नेपाली रहेकी छन् । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार मामाघर गएकी उनलाई सडकमा लत्रिएको विद्युतको तारबाट करेन्ट लाग्दा मृत्यु भएको हो ।

दैलेखका प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीका अनुसार गुराँग गाउँपालिका–२ को गयलसेना भन्न्ने ठाउँमा बाटोमा लत्रिएको तारबाट उनलाई करेन्ट लागेको थियो । बालिकाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दैलेखमा लगिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *