ग्लोबल टिभि
बुधबार, कार्तिक २, २०७९
0
कात्तिक २– रुपन्देही क्षेत्र नं २ का सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङको रिट सर्वोच्चले पेशी तोकेपनि बुधबार सुुनवाइ नहुने भएको छ।
न्यायाधीश सुष्मालता माथेमा र कुमार रेग्मीको इजलासमा पेशी तोकिए पनि हेर्न नभ्याउने सर्वोच्चले जनाएको छ।
यसअघि नै अल्पकालिन अन्तरिम आदेश जारी गरेको सर्वोच्चले अन्तरिम आदेशबारे छलफल गर्न बुधबार तोकेको थियो। अन्तरिम आदेशको टुंगो नलागेसम्म यसअघिको अल्पकालिन आदेशले नै निरन्तरता पाउँछ।
सर्वोच्चले अल्पकालिन अन्तरिम आदेश जारी गर्दै आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न भनेको थियो। यस्तै निर्वाचन आयोगलाई ७ दिन भित्रमा म्याद थाम्न नपाउने गरी लिखित जवाफ पेश गर्न भनेको छ।
निर्वाचन आयोगले गुरुङको उम्मेदवारी खारेज गरिदिएपछि नेकपा एकीकृत समाजवादीका उम्मेदवार गुरुङले त्यसविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए।
Post Views: 346
Leave a Reply