त्रिवि र नेविसंघबीच ८ बुँदे सहमति, लामो समयदेखिको तालाबन्दी खुल्यो

 ग्लोवल टि.भी.      बुधबार, कार्तिक २, २०७९      0

कात्तिक २– त्रिभुवन विश्वविद्यालय र नेपाल विद्यार्थी संघबीच ८ बुँदे सहमति भएको छ । त्रिविको वार्ता समिति र नेविसंघका प्रतिनिधिहरूबीच वार्ता भएको थियो ।

वार्तापछि त्रिविका विभिन्न निकायमा नेविसंघले लगाएको ताला खोलिएको नेविसंघ त्रिवि नेता विष्णु बहादुर बडैलाले जानकारी दिए ।

सहमतिअनुसार व्यवस्थापन संकाय बीबीएतर्फको २२ र २५ असारमा लिइएको परीक्षाका प्रश्नपत्रहरूमा देखिएको समस्याका विषयमा अध्ययन समिति गठन गरिनेछ । त्यस्तै मानविकी संकायको परीक्षा सम्बन्धमा गठित समितिका संयोजक प्रा डा।घनश्याम भट्टराईको प्रतिवेदनबाट दोषी देखिएका व्यक्तिहरू उपर कारवाही गर्ने सहमति भएको छ । त्रिभुवन विश्वविद्यालयका विभिन्न संकायका तथा संस्थानहरूको परीक्षा प्रणालीमा त्रुटिहरु देखिएकोले सम्पूर्ण पक्षहरुलाई अध्ययन गरी डीन कार्यालयहरु र परीक्षा नियन्त्रण कार्यालयले ३ महिना भित्र कार्यविधिहरू तयार गरी कार्यान्वयनमा ल्याउने सहमति भएको छ ।

विद्यार्थी छात्रवृत्तिका लागि सेन्ट्रल पोर्टल निर्माण गरी कार्यविधि ३ महिना भित्र तयार गर्ने र कार्यान्वयनमा ल्याउने, त्रिभुवन विश्वविद्यालयको शैक्षिक क्यालेण्डरलाई पूर्णरुपमा कार्यान्वयनमा ल्याउने, त्यसका लागि सेमेस्टर प्रणालीअन्तर्गत ३ महिनाभित्र र वार्षिक प्रणालीको ५ महिनाभित्र नतिजा प्रकाशन गर्ने व्यवस्था मिलाउने सहमति नेविसंघ र त्रिविबीच भएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *