ग्लोबल टिभि
बिहिबार, फाल्गुन २७, २०७७
0
फागुन कृष्ण त्रयोदशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान शिवको पूजा–आराधना गरी देशभर मनाइँदै छ ।
आज बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चार वटै ढोका खोलिएका छन् भने दर्शनार्थीलाई पाँच वटा लाइनबाट मन्दिरसम्म पुग्ने ब्यवस्था मिलाइएको छ ।
पशुपति क्षेत्र बिकास कोषले यस बर्षको शिवरात्रीमा ३ लाख भक्तजनले दर्शन गर्ने अनुमान गरेको छ भने ७ हजार प्रहरी परिचालन गरिएको छ ।
साथै दर्शनार्थीको सहयोगका लागि ठूलो संख्यामा स्वयंसेवक, नेपाल प्रहरी र सशस्त्र प्रहरी सुरक्षामा खटाइएको छ ।
Post Views: 1,169
Leave a Reply