हिन्दूहरुको महान् पर्व, महाशिवरात्री पशुपतिनाथ सहित देशभरका शिवालयमा भगवान् शिवको पूजाआरधना गरी मनाइँदैछ ।
पशुपति लगायत देशभरका शिवालयहरूमा विगतका वर्ष भन्दा यस वर्ष भक्तजनको संख्या कम देखिएको छ । कोरोना महामारीका कारण भक्तजनको संख्या कमी हुदा केही खल्लो महसुस गरेको पशुपतिमा पुजा गरेर र्फकेर्का भक्तहरुको भनाई छ ।
आयोजकले पशुपतिमा मास्क बिना भित्र प्रवेश गर्न नदिएपनि भक्तजनमा कोरोनाको कुनै डर नदेखिएको सहकर्मी प्रनीशा अधिकारीको भनाई छ । भक्तजन मन्दीर प्रबेश गर्ने लाईनमा सामाजीक दुरी कायमै नगरी मन्दिर प्रवेश गरेका छन् ।
बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चार वटै ढोका खोलिएका छन् भने दर्शनार्थीलाई पाँच वटा लाइनबाट मन्दिरसम्म पुग्ने ब्यवस्था मिलाइएको छ ।
पशुपति क्षेत्र बिकास कोषले यस बर्षको शिवरात्रीमा ३ लाख भक्तजनले दर्शन गर्ने अनुमान गरेको छ भने ७ हजार प्रहरी परिचालन गरिएको छ ।
साथै दर्शनार्थीको सहयोगका लागि ठूलो संख्यामा स्वयंसेवक, नेपाल प्रहरी र सशस्त्र प्रहरी सुरक्षामा खटाइएको छ । पशुपतिमा गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको छ ।
Leave a Reply