मुलुक २३ अर्ब ६८ करोडले शोधनान्तर घाटामा

 ग्लोबल टिभि           0

कात्तिक ५– मुलुकको शोधनान्तर स्थिति २३ अर्ब ६८ करोडले घाटामा रहेको छ । आयात बढी र निर्यातमा कमी तथा पर्यटक आगमन बढ्न नसकेकाले शोधानान्तर स्थिति घाटामा गएको हो ।अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ९४ अर्ब ८० करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८० करोड ९ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १८ करोड ५९ लाखले घाटामा रहेको छ ।

मुलुकमा भित्रिने मुद्राभन्दा बाहिरिने बढी भयो भने शोधनान्तर घाटा हुने गर्दछ । यसैगरी मुलुकको चालू खाता ३७ अर्ब १८ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता १ खर्ब ६ अर्ब ८ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८९ करोड ५९ लाखले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा २९ करोड १७ लाखले घाटामा रहेको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *