अर्घाखाँचीमा ७४ वर्षीय बृद्धले गरे भाइको हत्या

 ग्लोबल टिभि      शनिबार, कार्तिक ५, २०७९      0

कात्तिक ५– अर्घाखाँचीमा ७४ वर्षीय बृद्धले आफ्नै भाइको हत्या गरेका छन् । जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं. १ घर भएका हिम बहादुर गमालले आफ्नै सहोदर भाइ वीरबहादुर गमालको हत्या गरेका हुन् । यही कार्तिक २ गते राती भिरमा लडेर ज्यान गुमाएका भनिएका गमालको शव अर्को दिन बिहानमात्र फेला परेको थियो ।

घटनाको अनुसन्धान गर्दा आफ्नै दाइले भिरबाट धकेलेको भेटिएपछि ७४ वर्षीय हिम बहादुर गमाललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ । प्रहरीका अनुसार २० गते दिउसो भूमिकास्थान नगरपालिका वडा नं. ४ धारापानीमा रहेको शाइन रेसुंगा बैंकबाट सँगै वृद्धभत्ता निकालेका दाजुभाइ हिँड्दै घर जाने क्रममा आपसी विवाद भएपछि घचेटा घचेट भएको थियो ।

दुई दाजुभाइबीच लेनदेनमा भएको विवादमा दाइले घचेट्दा भाइ भिरबाट खसेको प्रहरीले जनाएको छ । भिरबाट खसेका गमालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *