ग्लोबल टिभि
बिहिबार, फाल्गुन २७, २०७७
0
गत वर्षको तुलनामा यस वर्ष महाशिवरात्रीको अवसरमा पशुपतिनाथ दर्शन गर्न आउने भक्तजनहरुको उपस्थिति आधाले घट्ने अनुमान गरिएको छ । गत वर्ष महाशिवरात्रीमा १० लाख बढी भक्तजनले पशुपतिनाथको मुख्य मन्दिरको दर्शन गरेका थिए ।
कोरोनाका कारण यसपाली ८ लाख जनाले मात्रै पशुपतिनाथको दर्शन गर्ने पशुपति क्षेत्र विकास कोषको अनुमान थियो । तर, दिउँसो १२ बज्दासम्म ३ लाख हाराहारी भक्तजनले पशुपतिनाथ मन्दिरको दर्शन गरिसकेका छन् । यही अवस्थालाई हेर्दा यसपाली दर्शनार्थीको संख्या ५ लाख हाराहारीमा मात्रै रहने कोषको अनुमान छ ।
Post Views: 1,133
Leave a Reply