माओवादीसँग अझै नीतिगत र वैचारिक भिन्नता छः बाबुराम

 ग्लोबल टिभि      आइतवार, कार्तिक ६, २०७९      0

कात्तिक ६– पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रसँग केही विषयमा नीतिगत र वैचारिक भिन्नता रहेको बताएका छन् । भट्टराईको पार्टी माओवादी केन्द्रको चुनाव चिह्न लिएर चुनावमा गएको छ ।

‘अहिले त हाम्रा कतिपय नीतिगत भिन्नता छन्, वैचारिक भिन्नताहरु पनि छन्’, आइतबार पार्टीको घोषणा पत्र सार्वजनिक गर्ने कार्यक्रममा उनले भने, ‘त्यही भएका कारणले हामीले अलग–अलग घोषणा पत्र जारी गरेका छौं ।’

चुनावपछि माओवादीसँग पार्टी एकता समेत गर्ने भनेका भट्टराईले माओवादीसँग गाभिने नभई नयाँ पार्टी बनाउने शर्तमा एकता हुने बताए।

‘पार्टी एकता भोलि गएर हाम्रो लक्ष्य हो, मर्जर भन्ने अर्थमा होइन’, भट्टराईले भने, ‘चुनावपछि वृहत छलफल गरेर माओवादी र हामी मात्रै होइन, देशमा एउटा नयाँ ढंगको ध्रुवीकरणको चाहिँ आवश्यकता छ । पुरानै पार्टी, पुरानै स्वरुपमा रहदैन भन्ने संकेत मिलेको पनि छ । र, निर्वाचनपछि त्यो परिस्थिति अझ परिपक्व भएर आउँछ ।’

नेपाल समाजवादी पार्टीले घोषणापत्रमा संविधान संशोधनलाई जोड दिएको छ। यो सन्दर्भमा माओवादीसँग कतिको मत मिल्छ भन्ने सन्दर्भमा उनले शासकीय स्वरुप र निर्वाचन प्रणालीमा समान धारणा रहेको बताए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *