चीनमा माओपछि शक्तिशाली भए सी चिनफिङ

दोस्रो बरियताका लीलाई प्रधानमन्त्रीको जिम्मा

 ग्लोबल टिभि      आइतवार, कार्तिक ६, २०७९      0

अमृत– चीनका राष्ट्रपति सी चिनफिङ तेस्रो कार्यकालका लागि पनि निर्वाचित भएका छन् । चीनिया कम्युनिष्ट पार्टीको २० औं महाधिवेशनले सीलाई तेस्रो कार्यकालका लागि पनि महासचिव चयन गरेको हो । चीनमा माओत्सेतुङपछिका शक्तिशाली नेताको पहिचान बनाएका सीको तेस्रो कार्यकालमा ताइवानलाई एकीकरण गर्ने एजेण्डालाई प्राथमिकता दिने अनुमान गरिएको छ ।

चिनिया राष्ट्रपति सी चिनफिङ तेस्रो कार्यकालका लागि राष्ट्रपति चयन भएका छन् । चिनिया कम्युनिष्ट पार्टीको २० औं महाधिवेशनले सी लाई तेस्रो कार्यकालका लागि महासचिव चयन गरेको हो । महासचिव चयन भएसँगै सी तेस्रो कार्यकाल पनि राष्ट्रपति बन्ने अवसर पाएका हुन् । एक दशकदेखि सत्तामा रहेका सीले तेस्रोपटक सत्तामा आएर दशकौँदेखि चल्दै आएको कीर्तिमान तोडेर इतिहास रचेका छन् । पार्टी नेतृत्वमा लगातार तेस्रोपटक चुनिएसँगै उनले अहिले माओत्सेतुङसँग बराबरी गरेको छन् ।चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक माओत्सेतुङको निधनपछि तेस्रोपटक कुनै नेता सत्तामा आउन सकेका थिएनन् । माओपछि उनी जस्तै शक्तिशाली बनेका सीले आफू नेतृत्वको पार्टीको नयाँ स्थायी समिति पनि घोषणा गरेका छन् । राष्ट्रपति सीको नयाँ स्थायी समितिमा प्रधानमन्त्री ली खछयाङ, शाओ लेजी, वाङ हुनिङ, चाए छी, देङ सेसियाङ र ली सी रहेका छन् । राष्ट्रपति चयन भएसँगै राष्ट्रपति सीले चीनले अहिलेसम्म धेरै उपलब्धि हासिल गरेको र अब चीनलाई हरेक हिसाबले आधुनिक समाजवादी राष्ट्र बनाउनेतर्फ अघि बढ्ने बताएका छन् । यता तेस्रोपटक चिनियाँ राष्ट्रपति चुनिएका सी चिनफिङले उच्च राजनीतिक अनुभव नभएका व्यक्तिलाई दोस्रो नेताका रुपमा प्रस्तुत गरेका छन् । तेस्रोपटक पार्टी र देशको नेतृत्वमा चुनिएका सीले आफ्ना विश्वासपात्र ली छयाङलाई प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेका हुन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको सांघाई प्रमुख रहेका ६३ वर्षीय ली यसअघि राष्ट्रपति सीको ‘चिफ अफ स्टाफ’ रहिसकेका व्यक्ति हुन् ।यता चिनिया कम्युनिष्ट पार्टीको अधिवेशनमा अनौठो दृष्य समेत देखिएको थियो । चीनका भूतपूर्व राष्ट्रपति हु जिन्ताओलाई बेइजिङमा जारी चिनियाँ कम्युनिस्ट पार्टीको काँगे्रसबाट बाहिर निकालिएको थियो । राष्ट्रपति सी जिन्पिङसँगै बसिरहेका ७९ वर्षीय नेता निकै कमजोर देखिएका थिए। अधिकारीहरूले उनी बसेको ठाउँमा पुगेर हुलाई बाहिर निकालेको भए पनि त्यसको कारणबारे केही खुलाइएको छैन। चिनियाँ कम्युनिस्ट पार्टीको यो अधिवेशनको अन्तिम समारोहको बखत उनी हलबाट बाहिरिएका हुन ।

सन् २००३ देखि २०१३ बीचमा चीनको राष्ट्रपति रहेका हु जिन्ताओलाई अधिकारीहरूले मञ्चबाट बाहिर लैजाँदै गर्दा उनले राष्ट्रपति सीलाई केही भनेको भिडियोमा देखिन्छ । प्रतिक्रियामा राष्ट्रपति सीले टाउको हल्लाएर सहमति जनाएको देखिन्छ । उनी बाहिरिनुको कारणबारे विशेषतः दुई किसिमका अनुमान गरिएको छ। चीनमा जारी शक्ति सङ्घर्षको विषय सतहमै आएको हुनसक्ने वा उनलाई कुनै गम्भीर स्वास्थ्य समस्या भएको हुनसक्ने ठानिएको छ। चिनियाँ कम्युनिस्ट पार्टीको अधिवेशनले शनिवार २०५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *