काठमाडौं । यस वर्षको महाशिवरात्री पर्वमा पशुपतिनाथको दर्शन गर्ने भक्तजन र साँधुसन्तहरुको संख्यामा उल्लेखनीय कमी आएको छ । यस वर्ष १० लाख भक्तजनले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरिएकोमा चार लाख मात्रै भक्तजन पशुपतिनाथ आएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
यस पटक शिवरात्रीमा करिब १५ सयको हाराहारीमा मात्रै साँधु सन्त पशुपति नाथ आएका थिए । कोरोना महामारीको प्रभाव शिवरात्रीमा परेको कोषको भनाइ छ । भक्तजनहरुका लागि यस पटक तीन वटा लाइनबाट मन्दिर प्रवेशको व्यवस्था मिलाइएको थियो भने भक्तजनको सुरक्षाका लागि करिब १० हजार सुरक्षाकर्मीे र चार हजारको संख्यामा स्वयंम सेवक परिचालन गरिएको थियो । गत वर्ष करिब १६लाखले पशुपतिनाथको भ्रमण गरेका थिए ।
भगवान शिवजीको जन्मउत्सव तथा शिवजीले पार्वतीसंग विवाह गरेको दिनको स्मरणमा शिवरात्री पर्व मनाउने गरिन्छ ।
भिडियो
Leave a Reply