युरेनियम सहित चार जना पक्राउ

 ग्लोबल टिभि           0

काठमाडौ । साढे दुई किलोग्राम युरोनियम सहित चारजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ४० वर्षीय नारायण सिंह तामाङ, ४० वर्षकै जानुका तामाङ, २० वर्षीय प्रकाश चौहान र २० वर्षीय मनोज न्यौपाने रहेका छन्। नारायण सिंह र जानुका रामेछाप लिखु तामाकोशीका हुन् भने चौहान रामेछापकै बागजोरका हुन्। न्यौपाने भने सिन्धुली सुनकोशीका हुन् ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख आइजी हरिबहादुर पालका अनुसार २ सय ३८ क्यारेटको युरेनियम जफत भएको जनाएको छ । जफत भएको युरेनियमको मूल्य ५ अर्ब रुपैयाँभन्दा बढी हुन आउँछ । राजधानीको बौद्धमा रहेको एउटा घरबाट युरेनियम जफत भएको प्रहरीले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *