ग्लोबल टिभि
0
file photo
सुर्खेत । तत्कालीन सालकोट गाविसका (हाल पञ्चपुरी नगरपलिका ) २० का ५८ वर्षीय मानबहादुर सुनारलाई बर्दियाको बाँसगढीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।
कुटपिट मुद्दामा दोषी ठहर गर्दै जिल्ला अदालत सुर्खेतले २०४७ पुस २६ गते कैद सजायको फैसला गरेका थियो । त्यसबेलादेखि नै फरार रहेका सुनारलाई इलाका प्रहरी कार्यालय बाबियाचौरको टोलीले मंगलबार पक्राउ गरेको हो ।
अभियुक्त सुनारले २०४६ चैत १३ गते छिमेकी तुलाराम निउरेलाई कुटपिट गरेका थिए । उनीमाथि व्यक्तिलाई कुटपिट गरी अंगभंग बनाएको अभियोग लागेको थियो ।
Post Views: 1,350
Leave a Reply