काठमाडौं । नेपालमा पहिलो पटक शुक्रबार प्रहरीले युरोनियम सहित ४ जनालाई पक्राउ ग¥यो । काठमाडौको बौद्ध क्षेत्रमा उनीहरुको साथ बाट साढे २ किलो युरेनियम समेत बरामद ग¥यो ।
ठुलो परिमाणमा युरेनियम बरामद भएसंगै नेपालमा युरेनियमको अवैध कारोबार हुने गरेको तथ्य बाहिरिएको छ । ठूला विकसित राष्ट्रहरुले आणविक बम र उर्जाको लागि यसको प्रयोग गर्ने गरेको भए पनि नेपालमा हाल दुबै सम्भव नरहेको नाष्टका प्रवक्ता डा. शुरेस कुमार ढुंगेल बताउछन । नेपालमा प्रयोगमै नआएको अति बहुमुल्य बस्तु अबैध रुपमा भेटिनुले नेपालको बाटो प्रयोग गरेर युरेनियम ओसार पसार हुन सक्ने विज्ञहरुले बताएका छन् ।
शुक्रबार प्रहरी बरामद गरेको युरेनियम भारतबाट ल्याईएको भनिए पनि यकिन खुल्न सकेको छैन् । यस विषयमा अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।
के हो त युरेनियम ?
युरेनियम सबैभन्दा बढी परमाणु भार भएको रेडियोधर्मी धातु हो । २ सय ३८ परमाणविक धार हुने यो धातुले लगातार ऊर्जावान विकिरणहरू फ्याँकिरहने भएकाले यसको सिमित आयु हुन्छ । विशेषज्ञहरू युरेनियम पत्ता लगाउन जीएम काउन्टर, सिन्टिलेसन काउन्टर आदि संयन्त्रको सहायताले विकिरण शक्ति मापन गर्छन् । यही विकिरणको मापनद्वारा नै युरेनियमको भण्डारका बारेमा यकिन गर्न सकिन्छ ।
युरेनियम मुख्यतया दुई प्रकारका पाइन्छन्, युरेनियम–२३८ र युरेनियम–२३५ । युरेनियम २३८ लाई प्रशोधन गर्दा २३५ बन्छ । एक किलो युरेनियम–२३५ को परिमाणबाट उत्पादित विद्युत् शक्ति तीन लाख टन कोइला बाल्दा आउने शक्तिसरह हुन्छ । एक किलो युरेनियम–२३५ बाट २ करोड ४० लाख किलोवाट ऊर्जा उत्पादन हुन्छ ।
नेपालमा युरेनियम पाईने स्थान
खानी तथा भूगर्भ विभागको अनुसन्धानले नेपालका धेरै ठाउँहरुमा युरेनियम पाईने सम्भावना रहेको देखिन्छ । विभागका अनुसार नेपालमा माथिल्लो मुस्ताङको लोमान्थाङ क्षेत्र, मकवानपुरमा धियालको तीनभंगाले, चिरुवा खोला र चाँदे खोला, काठमाडौंको जगते, बझाङको सेनगढ, निम्लीगढ, देभलेक, लाङटाङ हिमालमा पनि युरेनियमको प्रशस्त सम्भावना छ । त्यसबाहेक राजधानीको उत्तरपश्चिम क्षेत्रमा अवस्थित ककनीको पाँचमाने क्षेत्र, मैलुङ खोला, शिवपुरीको टोखा, रसुवाको केही भाग, चरीकोट नजिकको केही भागमा उच्च रेडियोधर्मी विकिरण पाइएको प्रारम्भिक अध्ययनले देखाएको छ ।
खानी विभागको अन्वेषण अनुसार शिवालिक क्षेत्रमा पर्ने सिन्धुलीको बुका खोला, अछामको बुरीगगां, चितवनको मरदार खोला तथा पाँपा खोला, बैतडीको बागेगढ (पूर्व), बागेगढ (पश्चिम), सानीगढ, जमरी, गोरङ्ग (पूर्व), गोरङ्ग (पश्चिम), बङ्गाबगर बगोट आसपासमा युरेनियमको सम्भावना छ । सिन्धुलीको बुका खोला र काठमाडौंको शिवपुरीमा अरु ठाउँमा भन्दा बढी युरेनियम हुन सक्ने विभागको अनुमान छ ।
खानी तथा भूगर्भ विभागको आफ्नै अध्ययनले पनि मकवानपुर, सिन्धुली, बैतडी, दाचुर्लाको लुम्थी, बन्कु,पौटली,चौपाटा, उकुगढ, बझाङ, बाजुराको कोदारी गढ र काठमाडौंका २४ ठाउँमा युरेनियम रहेको संकेत दिएको थियो ।
ऊर्जा उत्पादन, चिकित्साशास्त्र, औद्योगिक र भौगर्भिक अध्ययनमा युरेनियमको उपयोग हुन्छ । अध्ययन अनुसार १० ग्राम शुद्ध युरेनियम जसलाई युरेनियम–२३५’ भनिन्छ, को अन्तर्राष्ट्रिय बजारको वैध मूल्य २० लाख ९ हजार अमेरिकी डलर (करीब १८ करोड रुपियाँ) पर्छ ।
यस आधारमा एक किलोको मूल्य २० करोड ९ लाख अमेरिकी डलर (करीब १८ अर्ब रुपियाँ) पर्न आउँछ, जुन सुनको बजार भाउभन्दा झन्डै ४ हजार ५ सय गुणा बढी हो ।
खानी तथा भूगर्भ विभागको टोलीले मुस्ताङको लोमाङथाङमा १० किमि लम्बाइ र तीन किमि चौडाइ क्षेत्रमा बहुमूल्य धातु युरेनियम भण्डार भएको पुष्टि गरेको थियो । उक्त तथ्य सार्वजनिक भएसँगै नेपाली सेनाको एक टोलीले सो क्षेत्रको निगरानी गर्दै आइरहेको छ ।
Leave a Reply