भारतको लगातार दोस्रो जित

 ग्लोबल टिभि           0

कार्तिक १०– भारतले ट्वान्टी–२० विश्वकपमा बिहीबार लगातार दोस्रो जित निकालेको छ । उसले नेदरल्यान्डस्लाई ५६ रनले पराजित गर्‍यो । डच टिमको भने यो लगातार दोस्रो हार हो ।

जितका लागि १ सय ८० रन पछ्याएको नेदरल्यान्ड्सले नौ विकेटमा १ सय २३ रन मात्र बनाउन सक्यो । उसका लागि कसैले पनि गतिलो योगदान दिन सकेनन् । टिम पिन्जलको २० रन नै सर्वाधिक ठूलो स्कोर रह्यो ।

यसअघि पहिले ब्याटिङ गरेको भारतले दुई विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो । त्यसमा तीन ब्याटरले अर्ध शतक बनाए । कप्तान रोहित शर्माले ५३, विराट कोहलीले ६२ र सूर्यकुमार यादवले ५१ रन बनाए ।

यो जितले भारतको सेमिफाइनल पुग्ने सम्भावना बलियो भएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *