उपसभापति चन्द्रशेखर कुमार यादवको नेतृत्वमा कांग्रेस मधेस प्रदेश निर्वाचन परिचालन समिति गठन

 ग्लोबल टिभि      बुधबार, कार्तिक १६, २०७९      0

कात्तिक १६– नेपाली कांग्रेस मधेस प्रदेशले आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि पार्टीको निर्वाचन परिचालन समिति गठन गरेको छ । कांग्रेस मधेस प्रदेश सभापति कृष्णप्रसाद यादवले पार्टीको विधान २०१७ (संशोधनसहित) एवं केन्द्रीय परिपत्र बमोजिम मधेस प्रदेश उपसभापति चन्द्रशेखर कुमार यादवको संयोजकत्वमा समिति गठन गरेका हुन् ।

समितिमा मनोनीत पदाधिकारीहरूलाई प्रचारप्रसार जुट्न सभापति यादव निर्देशन दिए । मधेस प्रदेशका ८ वटा जिल्लाभर परिचालन समितिले कांग्रेसको पक्षमा व्यापक जनलहर ल्याउने कांग्रेस मधेस प्रदेशका प्रचारप्रसार प्रमुख नितेश गुप्ताले बताए । यसका लागि समितिमा ठूलो संख्यामा सदस्य मनोनयन गर्ने पनि कुमार बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *