काठमाडौं–१ मा कसको पल्ला भारी ?(भिडियोसहित)

 ग्लोबल टिभि           0

अभिषेक- चुनाव आउन दुईसाता बढि समय मात्रै बाँकी छ । चुनाव आउनै लाग्दा उम्मेदवारको प्रचार प्रसारले समेत तिव्रता पाएको छ । अन्य निर्वाचन क्षेत्रजस्तै काठमाडौँको क्षेत्र नम्बर एकमा समेत उम्मेद्वारको दौडधुप शुरु भएको छ । ठुला दलबाट पुराना र चर्चित अनुहार उम्मेदवार रहेको यो क्षेत्रमा स्वतन्त्र र साना दलका उम्मेदवारहरु पनि चुनावी मैदानमा छन् ।

विक्रम सम्बत् २०१५ सालको आम निर्वाचनदेखि चर्चामा रहँदै आएको काठमाडौँको निर्वाचन क्षेत्र नम्बर १, यस पटक पनि चर्चामा छ । मंसिर ४ गते हुने चुनावका यो क्षेत्रमा चर्चित र हेभिवेट नेताहरुले उम्मेदवारी दिएका छन् । २०५१ देखि निरन्तर चुनाव लड्दै आएका नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले यसपटक पनि उम्मेदवारी दिएका छन् । २०६४, २०७० र २०७४ मा गरी लगातार तिन पटक जित निकालेर ह्याट्रीक गरेका उनी यसपटकको चुनावमा पनि आफ्नो जित सुनिश्चित रहेको दावी गर्छन् ।

सिंहले आफ्नो जित सुनिश्चित रहेको दाबी गरेपनी बिपक्षी उम्मेदवारहरु भने यसपटक सिंहलाई रोक्न सक्ने दाबी गरिरहेका छन् । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, नेकपा एमालेका युवा नेता किरण पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम र नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेल लगायतका उम्मेदवारहरु सिंहविरुद्ध चुनाव लड्दैछन् । एमालेका तर्फबाट उम्मेदवार रहेका नेता किरण पौडेल समेत आफु युवा भएको र युवाका पक्षमा जनमत देखिएको भन्दै यसपालिको चुनावमा आफु विजयी हुने बताएका छन् ।

यता नेपाल सुशासन पार्टीका अध्यक्ष रहेका रमेश खरेल समेत यही क्षेत्रबाट चुनाव लड्दैछन् । उनले समेत पुराना पार्टीबाट देश र जनताले विकल्प खोजेकाले आफु विजयी हुने निश्चितजस्तै रहेको बताएका छन् ।

पुराना र ठुला दलहरुको बिकल्पमा उम्मेदवारी दिएका साना दल र स्वतन्त्र उम्मेदवारहरुले समेत यसपटक आफ्नो जित सुनिश्चित रहेको बताएका छन । पुराना दल र नेताहरुबाट देशको विकास संम्भब नभएकाले अबको चुनाबमा जनताले विकल्प खोज्ने उनीहरुको दाबी छ ।

 

 

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *