सुनको भाउ स्थिर, चाँदीको भने बढ्यो

 ग्लोवल टि.भी.      सोमवार, चैत्र २, २०७७      0

स्थानीय बजारमा उतारचढावपूर्ण रहेको सुनको मुल्य सोमबार भने स्थिर रहेको छ । सोमबार छापावाल सुन आइतबारकै मुल्य प्रतितोला ८६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।

सोमबार चाँदीको मुल्य भने सामान्य बढेको छ । आइतबार प्रतितोला १२ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला ५ रुपैयाँले बढेर १२ सय ७५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तराष्ट्रिय बजारमा प्रतिऔंश सुनको मुल्य १७२८ डलर तथा चाँदीको मुल्य २६.०१ डलर कायम भएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *