राष्ट्रिय मुस्लिम आयोगले मुस्लिम समुदायको थर सुचिकृत गर्ने भएको छ । मुस्लिम समुदायभित्र विभिन्न थरहरु रहेका कारण समुदाय पहिचान गर्न समस्या भएकोले आयोगले थर सूचीकृत गर्न लागेको हो । आयोगले थर सूचीकृत गर्न गत आर्थिक वर्ष मोरङ, सुनसरी, सप्तरी, पर्सा, बाँके र पाल्पामा अध्ययन समेत गरेको थियो ।
हालसम्म ४५ वटा थर फेला परेको र थप अध्ययन गरेर सार्वजनिक गर्ने आयोगको भनाइ छ । मुस्लिम समुदायको जनसंख्या बढी भएका ११ जिल्लाका ९१ जना महिला र ७५ जना पुरुष गरी १ सय ३१ जनालाई सिलाई कटाइ, ब्युटीपार्लर तथा सवारी साधन मर्मत तालिम प्रदान गरिएको आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले जानकारी दिए ।
मदरसाको भौतिक पूर्वाधार र शैक्षिक गुणस्तरको अध्ययन गरी मोरङ, सुनसरी, रौतहट, पर्सा, दाङ र स्याङ्जाका २ सय ३६ मदरसा सम्बन्धी तथ्यांक र सुचनाहरु संकलन गरिएको पनि उनले जानकारी दिए ।
Leave a Reply