आफैँसँग विवाह गरेर चर्चामा आएकी अभिनेत्रीले भनिन्, ‘म सेल्फ प्रेगनेन्ट…’

 ग्लोवल टि.भी.      बुधबार, कार्तिक २३, २०७९      0

कात्तिक २३– टिभी धारावाहिक ‘दीया र बाती’ बाट चर्चामा आएकी कनिष्का सोनी हालै आफैँसँग विवाह गरेका कारण चर्चामा आएकी थिइन् ।

वास्तवमा, कनिष्का सोनीले आफ्नो सोसल मिडियामा सिन्दुर लगाएर र मंगलसूत्र लगाएर एउटा फोटो सेयर गरेर आफूले आफैँसँग विवाह गरेको जानकारी दिएकी थिइन् ।

अभिनेत्रीको यो पोस्ट देखेर उनका प्रशंसक चकित परेका थिए । हालै उनी अमेरिका भ्रमणमा छिन् । उनले अमेरिका भ्रमणका थुप्रै तस्बिर आफ्नो इन्स्टाग्राम अकाउन्टमा सेयर गरेकी पनि छिन् । तस्बिरमा आफू मोटाएकोबारे स्पष्टिकरण पनि उनले दिएकी छिन् ।

कनिष्काले तस्बिर साझा गर्दै लेखेकी छिन्, ‘म सेल्फ म्यारिड जस्तै सेल्फ प्रेगनेन्ट होइन । यो बस अमेरिकाको शानदार पिज्जा, बर्गर हो, जसका कारण मेरो तौल बढेको छ । तर मलाई यसमा केही समस्या छैन । म यहाँ निकै रमाइलो गरिरहेकी छु ।’

कनिष्का सोनीले दुई महिना अघि आफूसँग विवाह गरेकी थिइन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *