भारतीय सेनाध्यक्ष पुगे वसन्तपुर र पशुपतिनाथ मन्दिर

 ग्लोबल टिभि           0

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले जिवितदेवी कुमारीको दर्शन गरेका छन् । बुधबार अपरान्ह काठमाडौंको बसन्तपुर पुगि उनले जिवितदेवी कुमारीको दर्शन गरेका हुन् ।

इण्डियन एयर फोर्सको विमानबाट बुधबार दिउँसो नेपाल आएका नरवणे कुमारीको दर्शनका लागि श्रीमती विना नरवणेसहित वसन्तपुर पुगेका थिए । त्यसक्रममा उनले वसन्तपुर स्क्वायरको अवलोकन गरेका थिए ।नरवडे दम्पति पशुपतिनाथको दर्शन गर्न पनि पुगेका थिए । पशुपतिको ढोका  कोभिडका कारण नखुलेपछि उनले बाहिरैबाट दर्शन गरेका थिए ।

नरवणेलाई भोलि राष्ट्रपति भवनमा विशेष कार्यक्रम गरी राष्ट्रपति विद्या भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ ।

Image

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *