बिभिन्न कार्यक्रम गरी आज विश्व मधुमेह दिवश मनाईदै

 ग्लोवल टि.भी.      सोमवार, कार्तिक २८, २०७९      0

कात्तिक २८ –‘भविष्यलाई सुरक्षित गर्नका लागि स्वास्थ्य शिक्षाको महत्व’ भन्ने नाराका साथ आज बिभिन्न कार्यक्रम गरी बिश्व मधुमेह दिवश मनाईदै छ ।

मधुमेहको उपचारमा अहिलेसम्म सबैभन्दा प्रभावकारी देखिएको इन्सुलिनको आविष्कार गरेका सर फ्रेड्रिक बान्टिङको जन्म दिनको अवसरमा सन् १९२२ देखि यो दिवस मनाउन थालिएको हो । सन् २००६ देखि संयुक्त राष्ट्र संघले नोभेम्बर १४ लाई विश्व मधुमेह दिवसको रुपमा मान्यता दिएको हो । यस वर्षको मधुमेह दिवसको नारा एजुकेसन टु प्रोटेक्ट टुमरो अर्थात ‘भविष्यलाई सुरक्षित गर्नका लागि स्वास्थ्य शिक्षाको महत्व’ भन्ने रहेको छ । विश्वमा अहिलेसम्म ४६ करोडभन्दा बढी मानिसमा यो रोग देखिएको छ । नेपालमा पनि ८ प्रतिशतसम्म मानिसमा मधुमेह भएको हुनसक्ने अनुमान छ । यसैबिच यस दिवसका अबसरमा ह्याम्स अस्पतालले जनचेतनामुलक ¥याली निकालेको छ । ¥यालीमा जनचेतनामुलक प्लेकार्डहरु प्रदर्शन गरिएका थिए । मुधमेहबाट बच्न चेतनाका लागि ¥याली निकालिएको अस्पतालले जनाएको छ ।

अस्पताल परिसर धुम्बाराहीबाट निकालिएको ¥याली महराजगंज चक्रपथ हुदै पुनः अस्पताल परीसरमा पुगेर टुंगिएको थियो । शारीरिक संरचना र अन्य बिभिन्न कारणले दक्षिण एसियामा मधुमेहको समस्या दिन प्रतिदिन बढिरहेको चिकित्सकहरुले बताएका छन ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *