कोरोना महामारीका कारण लगाएको प्रतिबन्ध कुवेतले फुकुवा गर्यो, ८ देशका नागरिकले प्रवेश पाउने

 ग्लोबल टिभि      बिहिबार, चैत्र ५, २०७७      0

दोहा, एजेन्सी । कोरोना महामारीका कारण लगाएको प्रतिबन्ध कुवेतले फुकुवा गरेको छ । प्रतिबन्ध फुकुवा भएसंगै अब नेपालसहित ८ देशका नागरिकले कुवेत प्रवेश गर्न पाउने जानकारी दिइएको छ ।

प्रतिबन्ध फुकुवा गर्ने निर्णयसँगै अब आगामी मार्च २५ तारिखदेखि नेपालसहित बहराइन, युएई, भारत, फिलिपिन्स, बङ्गलादेश, श्रीलंका र टर्की लगायतका विदेशी श्रमिकहरुले सिधै कुवेत प्रवेशको अनुमति पाउने भएका हुन् ।

कुवेत प्रवेश गर्नु अघि कोरोना पीसीआर परिक्षण गरेको हुनुपर्ने तथा रिपोर्टमा नेगेटिभ आएको ७२ घण्टा भित्रमा कुवेत प्रवेश गरिसक्नु पर्ने जनाइएको छ ।

पीसीआर रिपोर्टमा कोरोना रिपोर्ट नेगेटिभ आएका व्यक्तिमा पनि ज्वरो, रूघाखोकी जस्ता लक्षणहरू नदेखिएको हुनुपर्ने अरब टाइम्सले जनाएको छ ।

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालित सबै एयरलाइन्सलाई कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा पीसीआर प्रमाणपत्र प्रमाणित गर्नका लागि सर्कुलर जारी गरिएको नागरिक उड्डयनका उपाध्यक्ष इन्जी सालेह अल-फदागीले बताएका छन् ।

सेप्टेम्बरपछि खोप नलगाएका कामदारको आवासीय अनुमति पत्र नविकरण नहुने

यसैबी कुवेतले आगामी सेप्टेम्बरपछि कोरोना विरुद्धको खोप नलगाएका आप्रवासी कामदारको आवासीय अनुमति पत्र (भिसा) नविकरण नगर्ने जनाएको छ ।

खोप नेपालीसहित आप्रवासी कामदारलाई निःशुल्क वितरण गरेको छ । स्वास्थ्य मन्त्रालयको वेभ साइटमा आफ्नो विवरण भरेपछि मोबाइलमा अपोइन्ट्मेन्टको म्यासेज दिनेगरी खोपको व्यवस्था मिलाएको कुवेत सरकारले जनाएको छ ।

कोरोना संक्रमण पढेपछि कुवेतले गत मार्च ७ तारिखदेखि एक महिना सम्मको लागि बेलुका ५ देखि बिहान ५ बजेसम्म कर्फ्यू लगाइएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *