ग्लोबल टिभि
बिहिबार, चैत्र ५, २०७७
0
बिकास रौनियार,धादिङ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धुनिवेशि नगरपालिका– ८ महेलधारामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मुग्लिन तर्फबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख ०४१६ नम्बरको ट्रकले रोकिराखेको ना ७ ख ७३७६ नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिँदा आफ्नै ट्रकले किचेर इटहरी– ५ घर भएका लल्खुकुमार खवारको घटना स्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय खानिखोलाका प्रहरी निरीक्षक रुपा थापाले जानकारी दिनु भयो ।
थापाका अनुसार इलोक्टिक खराबको कारण ट्रक सुचारू (स्टाट) नभएपछि खवारले ट्रकमुनि पसेर बनाउँदै थिए । सहचालक सुरज कार्की भने मिस्त्री बोलाउन गएको थापाले बताउनु भयो । यसबारे थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो।
Post Views: 1,001
Leave a Reply