काठमाडौं । गत हप्ता बर्दियामा घर नजिकैको सामुदायिक वनमा घाँस काट्न गएकी एक महिलाको बाघले ज्यान लियो । मधुवन नगरपालिका–३ स्थित सम्झना सामुदायिक वनमा २९ वर्षीया रिना भनिने रेनुका सुनारले बाघको आक्रमणवाट ज्यान गुमाउनु पर्यो । छ महिनायता यस वनमा मात्र बाघको आक्रमणबाट ८ जनाको ज्यान गएको छ ।
‘बाघको आक्रमणमा परि दुई वर्षयता बर्दियामा १५ र बाँकेमा दुई गरी १७ जनाको मृत्यु भइसकेको छ । तथ्याङले निकुञ्ज तथा मध्यवर्ती क्षेत्र वरपर बाघ आक्रमणका घटना बढ्दै गएको देखिन्छ । नरभक्षी बाघको यकिन हुन नसक्दा स्थानीय थप त्रसित छन् । तर यसको रोकथामको उपाय सहज छैन ।
मान्छे मात्र होइन, वाघको निशानामा पशु चौपाया समेत परेका छन् । बाघले खोर÷गोठबाटै गाई, गोरु र बाख्रा समेत खाएका घटना वढ्दै छन् ।
बाघको आक्रमण वढ्दै जानुको कारण के हुन सक्छ त ?
विज्ञहरु यसो भन्छन् ।
आहाराको कमी हुनु
बासस्थानामा ह्रास हु्नु,
खण्डिकरण र क्षयीकरण हुनु
राजमार्ग बन्यजन्तु मैत्री नहुनु
गैरकानुनी रुपमा मानिसको अनावश्यक प्रवेश हुनु
र
जंगल क्षेत्रको विकास घटेकाले वाघको संख्या वढ्नु
जनचेतनामा कमी र जलवायु परिवर्तन लगायतका कारणले बाघ संरक्षणमा ठूलो चुनौती थपिएको छ । अधिकांश घटना वनमा चरीचरन र घाँसदाउरा गर्ने क्रममै भएका छन् । यस्तै सडकमा गुडिरहेको मोटरसाईकलमा सवार मानिसलाई नै बाघले थुतेर ज्यान लिएको छ भने मानिसले चलाएको गाडीको ठक्करबाट बाघ घाइते भएका र मारिएका घटना पनि छन् ।
Leave a Reply