वर्कसपको कमाइले घर – जग्गा र गाडी खरिद । (भिडियो सहित)

 ग्लोबल टिभि      बिहिबार, चैत्र ५, २०७७      0

रोजगारीका लागि दैनिक हजारभन्दा वढी मनिस खाडी देश जाने गर्छन् । तर कडा मेहनत र इमान्दारीका साथ काम गर्ने हो भने परिवारसंग रमाएर स्वदेशै मनग्य कमाउन सकिन्छ भन्ने नमुना वनेका छन् धादिङ गजुरीका धनवहादुर भुजेल । सामान्य मोटरसाईकल वर्कशप चलाएका भुजेलले घर जग्गा र गाडी जोडर मेहनत गर्ने हो भने रोजगारीका लागि विदेशै जानु पर्दैन भन्ने नमुना प्रस्तुत गरेका छन् ।
धादिङबाट विकास रौनियकारको रिपोर्ट

विकास रौनियार, धादिङ । धेरैलाई लाग्न सक्छ । एउटा सामान्य मोटरसाइकल वर्कशप सञ्चालन गर्ने व्यक्तिले परिवार पाल्नु बाहेक के गर्न सक्ला र ? तर कडा मेहनत र इमान्दारितापूर्वक काम गर्ने हो भने सामान्य भन्दा समान्य कामवाट पनि मानिसले सफलता पाउन सक्छ भन्ने उदाहरण बनेका छन् धादिङ गजुरीका धनवहादुर भुजेल । एउटा समान्य वर्कशप चलाएर यिनले परिवारको पालन पोषण त गरेकै छन् घर जग्गा र गाडी समेत जोडेका छन् ।
अवसर नपाएर रोजगारीका लागि खाडी जाने युवाहरुका माझ भूजेल काम गरे नेपालमै अवसर छ भन्ने नमुना बनेका छन् ।
सिन्धुपाल्चोक घर भएर हाल धादिङको गजुरीमा मोटरसाइकल वर्कसप सञ्चालन गर्दै आएका भुजेल व्यवशाय शुरु गरेको १० –१२ वर्षमै मनग्य आम्दानी गरेका छन् । कुनै समय खान लाउन समेत समस्या हुन्थ्यो, आज यिनको आफ्नै घर जग्गा र नीजि गाडी छ ।

भुजेल आफूले मात्र कमाएका छैनन् । आफू जस्तै युवालाई सिप पनि सिकाउछन् । यो वर्कसपमा दुई जनालाई समेत दिएका छन् ।

भुजेलले यत्तिकै सफलता पाएका भने होइनन्, त्यसका लागि यिनले कडा परिश्रम गरेका छन् ।
स्वदेशमै केही गर्ने सोच वोकेका भूजेलले छ वर्षसम्म काठमाडौंमा सर्घष गरे । सिटीइभिटीबाट मोटरसाइकल मर्मतको तालिम लिए अनी धादिङ पुगेर सानो लगानीमा वर्कसप शुरु गरे ।

भुजेलको सफलता ग्राहकको मन जित्न इमान्दारीपूर्वक गरिएको कामको परिणाम हो ।

गुणस्तरिय सेवा दिएर इमान्दारीपूर्वक काम गर्न सक्ने हो भने स्वदेशमै प्रयाप्त अवसर छन् भन्ने उदाहरण वनेका छन् भूजेल । कोरोना अघि नेपालवाट रोजगारीको खोजीमा दिनहु पन्ध्र सय भन्दा वढी युवा खाडी मुलुक जाने गरेको तथ्याङ छ । स्वदेशमा अवसर छैने भनेर विदेशिनेहरुका लागि धनवहादुर भूजेल विदेशी भूमिमा पाइला नटेकेर पनि मनग्य आम्दानी गरी गर्न सकिन्छ भन्ने सन्देश दिएर गजुरीमा रमाई रहेका छन् ।
भिडियो
https://www.youtube.com/watch?v=3Yx_iLW5rHg

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *