ग्लोवल टि.भी.
शुक्रबार, चैत्र ६, २०७७
0

मौसम पूर्वानुमान महाशाखाले आज देशका पहाडी क्षेत्रका केही स्थानहरुमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुनसक्ने बताएको छ । महाशाखाले जारी गरेको मौसम पूर्वानुमानका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको छ। महाशाखाले अहिले देशका विभिन्न भूभागहरुमा आंशिक र सामान्य बदली भइरहेको जनाएको छ ।
यसैगरी, दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहि पहाडी भूभागका थोरै स्थानमा अपरान्हपछि मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षा हुनसक्ने पूर्वानुमान गरेको छ । यस्तै, आज राति देशभर आंशिकदेखि सामान्य बदली रहि पहाडी भूभागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना हुनसक्ने पूर्वानुमानमा उल्लेख छ ।
Post Views: 602

Leave a Reply