ग्लोबल टिभि
0
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती स्थित खरकट्टा जङ्गलमा गए राति स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कावासोती नगरपालिका–२ का ३५ वर्षीय जीवन राना रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी गराएका हुन् ।
जङ्गलमा लु५८प ७०४८ नंको स्कुटर र चालक लडिरहेको भन्ने सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरीले रानालाई राति नै उद्धार गरी उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल पु–याएको थियो ।
जिल्ला अस्पतालबाट थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर सिफारिस गरिएकामा पुरनो मेडिकल कलेजले रानालाई मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।
दुर्घटनाको कारण भने नखुलेको प्रहरीले जनाएको छ ।
Post Views: 1,040
Leave a Reply