ग्लोबल टिभि
शुक्रबार, चैत्र ६, २०७७
0
धादिङमा डोजरको ठक्करबाट घाइते भएकी महिलालाई जिउँदै पुर्ने चालक पक्राउ परेका छन् । डोजरको ठक्करपछि घाइते भएकी स्थानीय ४५ वर्षीय सरस्वती कुमाललाई जिउँदै पुर्ने चालक भीमबहादुर बुढाथोकीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो । उनलाई कञ्चनपुरबाट पक्राउ गरिएको सिआइवीले जनाएको छ ।
धादिङको त्रिपुरासुन्दरी–१ सल्यानटारमा सडक निर्माणका क्रममा डोजरले घाँस बोकेर घरतर्फ फर्किंदै गरेकी स्थानीय ४५ वर्षीय सरस्वती कुमाललाई ठक्कर दिएको थियो । ठक्करपछि घाइते कुमाललाई उद्वार गर्नुको सट्टा चालकले जिउँदै खाल्टोमा पुरेर फरार भएका थिए । स्थानीय र सुरक्षाकर्मीको सहयोगमा खाल्टोबाट महिलाको शव निकालिएको थियो ।
Post Views: 1,718
Leave a Reply