मनाङमा ट्रक दुर्घटना, ६ को मृत्यु

 ग्लोवल टि.भी.      आइतवार, चैत्र ८, २०७७      0

मनाङको नासो गाउँपालिका ४, खोत्रोमा शनिबार दिउँसो ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नासों गाउँपालिका–४ ओडारका ३५ वर्षीया मनिषा गुरुङ, उनकी बहिनी २६ वर्षीया जलकाशी गुरुङ र मनिषाको छोरा अन्दाजी ६ वर्षीय लिउन गुरुङ, ट्रकका सहचालक लमजुङको मर्स्याङ्दी गाउँपालिका ५, घेर्मुका २१ वर्षीय लक्ष्मण नेपाली र चामे गाउँपालिका ४ का २८ वर्षीय राजु विक , ट्रकका चालक तनहुँको भानु नगरपालिका ३ का २४ वर्षीय सुमन तामाङ, रहेको लमजुङ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ओम प्रकाश पुनले जानकारी गराएका हुन् ।

लमजुङ सदरमुकाम बेसीशहरबाट सिमेन्ट बोकेर मनाङ सदरमुकाम चामे जाँदै गरेको ध १ ख ५९२ नम्बरको ट्रक दुर्घटना भएको हो ।

प्रहरीका अनुसार सिमेन्ट बोकेर जाँदै गरेको ट्रक उकालो चढ्ने क्रममा अनियन्त्रित भइ ब्याक हुँदा सडकबाट करिब ४५ मिटर तल मर्स्याङ्दी नदीको किनारमा खसेका थियो ।

घटनास्थलमै ३ जनाको मृत्यु भएकोमा उपचारका लागि लमजुङ ल्याउने क्रममा थप २ जनाको बाटोमा र १ जना पुरानो मेडिकल कलेज चितवनमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी नायव उपरीक्षक (डिएसपी) सुवास खड्काले जानकारी दिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *