वसन्तपुरमा चीर ठड्याइएसंगै सुरु भयो होली पर्व (भिडियो सहित)

 ग्लोबल टिभि      आइतवार, चैत्र ८, २०७७      0

आजबाट होली पर्वको विधिवत सुरुवात भएको छ । वसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ तीन छत्रे होलीको चीर ठड्याइएपछि होलीको विधिवत सुरुवात हुने मान्यता छ । फाल्गुन पूर्णिमाको दिन मनाइने होली यस वर्ष पहाडमा चैत १५ गते र तराई क्षेत्रमा चैत १६ गते मनाइँदैछ । हिरण्य कष्यपकी बहिनी होलीकाको दहन र कृष्ण लीलासँग सम्बन्धित यो पर्व आज बिहान ८ः२६ मा चीर ठड्याएपछि विधिवत सुरु भएको हो ।

वसन्तपुरमा चीर ठड्याउनु अघि पशुपतिस्थित गोरखनाथको मन्दिरमा पृथ्वीनारायण शाहको गुर्जु पल्टनले सलामी दिएर मयलको रूखको शिर चढाएर पशुपति नाथमा मयलको हाँगा चढाउने चलन छ । बाजागाजा सहित पशुपतिनाथबाट उक्त पल्टन हनुमान ढोकामा पुगेपछि शुभसाइतमा वसन्तपुरा चीर ठड्याउने गरिन्छ । आजबाटै एक अर्कामा सौहार्दपूर्ण रूपमा रंग लगाइदिने बाटो खुलेको छ ।
भिडियो

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *